सडक महोत्सवको तयारी पूरा, को–को आउँदै छन् कलाकार ?

पाेखरा | पुस ११, २०७९

सडक महोत्सवको तयारी पूरा, को–को आउँदै छन् कलाकार ?

पोखराः   रेस्टुरेन्ट एन्ड बार एसोसिएशन (रेवान) पोखराको आयोजनामा फेवाताल किनारमा हुने सडक महोत्सवको तयारी अन्तिम पूरा भएको छ ।


अंग्रजी नयाँ वर्ष २०२३ लाई स्वागत गर्न आयोजना गरिएको सडक महोत्सवको तयारी पूरा भएको आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । 


कार्यक्रमका संयोजक तथा रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले ‘सडकमै खाऔं, सडकमा रमाऔं’ भन्ने मुख्य नारासहित आयोजना हुने २४ औं सडक महोत्सवको सम्पूर्ण तयारी भएको बताए । उनका अनसार महोत्सव आगामी १३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ । 


महोत्सवको प्रतियोगिता अन्तरगत चिल्ली बारमा (डिसेम्बर २९) पुष १४ गते वेटर÷वेट्रेस प्रतियोगिता, (३० तारिख) १५ गते फेवातालमा डुङ्गा दौड प्रतियोगिता, र (डिसेम्बर ३१) १६ गते गौरीघाटमा टग अफ वार प्रतियोगिता आयोजना गरिने संयोजक भट्टराईले जानकारी दिए । 


भट्टराईका अनुसार महोत्सवमा अनुप्रस्था, , सविन राई, आशिष रानामगर (लाहुरे) र लोकल व्याण्डको लाइभ कन्र्सट हुनेछ । 


यस्तै महोत्सवमा दिउँसो प्रजापति पराजुली, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, सुरेन्द्र गुरुङ, खेम सेन्चुरी, शंकर विरही गुरुङ, निश्चल दवाडी, बद्री पंगेनी, प्रेम राजा महत, बविता बानिया जेरी, कुमार पुन, राजन कार्की, शान्ति श्री परियार, पुरुषोत्तम न्यौपाने, तारापती सुवेदी, सम्झना भण्डारी, श्याम रानामगर, कृष्ण अखेली र पार्वती जिसीको साँगीतिक प्रस्तुती रहनेछ भने हास्य व्यङ्ग्यतर्फ दिपक थापामगर, राजा राजेन्द्र, हास्य तर्फ युवराज भण्डारी, राजेन्द्र नेपाली लगायतको प्रस्तुती रहनेछ । 


 

पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

थप पढ्नुहोस्

पोखरा ।   जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...

थप पढ्नुहोस्

पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

थप पढ्नुहोस्